डिकमान विरही स्मृती वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा

0
992

अर्जुनधारा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) झापा शाखाद्धारा स्थापित डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७६ पत्रकार माधव विद्रोहीलाई प्रदान गरिने भएको छ ।

महासंघको सोमबार सम्पन्न बैठकले उहाँलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । महासंघका पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय पुरस्कार छनौट समितिले पुरस्कारको लागि विद्रोहीको नाम सिफारिस गरेको थियो ।

महासंघको २०औं स्थापना दिवसको अवसरमा यही साउन २७ गते झापाको बिर्तामोडमा आयोजना हुने कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिने महासंघका सचिव अमित खम्बूले जानकारी दिनुभयो । उक्त पुरस्कार तथा सम्मानको राशी २५ हजार २० रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यसैगरी सोही कार्यक्रममा वितरण हुने उदीयमान पत्रकारित पुरस्कार पत्रकारद्धय धुव्र राजवंशी र भगीहाङ नेम्वाङ “रानीटारे साँइला”लाई प्रदान गरिने भएको छ । राजवंशी कञ्चनजंगा एफएममा राजवंशी भाषाका समाचार सम्पादक र नेम्वाङ रेडियो भिजनमा लिम्बू भाषाका समाचार सम्पादक हुनुहुन्छ । दुवै पुरस्कारको राशी जनही पाँच हजार २० रुपैयाँ र प्रशंसा पत्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here