पत्रकार भण्डारीलाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार

0
968

बिर्तामोड, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) झापा शाखाद्धारा स्थापित डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७६ यस वर्ष पत्रकार माधव भण्डारी विद्रोहीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २५ हजार २० रुपैयाँ रहेको छ ।
फोनिज झापाले २० औं स्थापना दिवसको अवसर परेर आज पत्रकार भण्डारीलाई पुरस्कृत गरेको हो । पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय सचिव कमन देवानले प्रदान गरेका थिए । पत्रकार भण्डारी स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक हुन् ।
त्यस्तै उदीयमान पत्रकारित पुरस्कार पत्रकारद्धय धुव्र राजवंशी र भगीहाङ नेम्वाङ ‘रानीटारे साँइला’लाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही पाँचहजार २० रुपैयाँ रहेको छ ।
राजवंशी कञ्चनजंगा एफएममा राजवंशी भाषाको समाचार सम्पादक र नेम्वाङ रेडियो भिजनमा लिम्बू भाषाको समाचार सम्पादक रहेका छन् ।
महासंघका पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय पुरस्कार छनौट समितिले पुरस्कृत तीनै जनाको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय समाचार समितिका पूर्व झापा समाचारदाता विरहीको स्मृतिमा फोनिज झापाले पुरस्कार स्थापना गरेको थियो ।
फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कारका संरक्षक विरहीकी श्रीमती पूर्णिमा सुनुवारले सम्मानित तीनै जनालाई वधाई दिँदै आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप क्रियाशील रहन शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा उपाध्यक्ष देशमान नेम्वाङले डिकमान विरहीको जीवनी वाचन गरेका थिए । त्यस्तै तीतल योन्जनले पत्रकार विद्रोहीको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठनका मुक्ति नेपाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल मिडिया नेपाल झापा अध्यक्ष रञ्जित प्रसाई, प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेली, नेपाल, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष हिमाल खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोजिनका उपाध्यक्ष देशराज नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अमित खम्वुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here