सिमसारमा आधारित पर्यापर्यटन

0
1313

 

झापा,
झापाको कमल गाउँपालिकाले सिमसारमा आधारित पर्यापर्यटनलाई समृद्धिको आधारको रुपमा अघि सारेको छ । गाउँपालिकामा रहेका पुराना तथा पर्यटकीय दृष्ट्रिले सम्भावना बोकेका सिमसारको खोजी गरी ती स्थानलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै गाउँपालिकाले प्राथमिकता दिएको हो ।

पर्यावरणको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन हुने र त्यसले गाउँपालिकाको आर्थिक समृद्धिमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । सरकारले ओझेलमा परेका १०० नयाँ पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने सूचीमा छनौट गरेकोमा गाउँपालिकामा दुई योजना समेटिएसँगै आवश्यक काम शुरुआत भएको छ ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले्ेका अनुसार कमल १ को बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र र कमल ३ को बाल्मिकी आश्रम क्षेत्र छनौटमा परेका हुन् । यसबाहेक जिल्लाको बिर्तामोडस्थित शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र सरकारको पर्यटन प्रवद्र्धन सूचीमा समेटिएको छ । अध्यक्ष काफ्लेका अनुसार गाउँपालिकाको प्राथमिकतालाई सङ्घीय सरकारले साथ दिएको छ । दुई वटा सिमसारको पूर्वाधार विकासमा सङ्घीय सरकारले चालू आवमा रु एक करोड विनियोजन गरेको छ । बाँसबारीको पोखरी र बाल्मिकी सिमसारको पूर्वाधारलगायत विकासका लागि रु ५०÷५० लाख बजेट विनियोजन भएको जनाइएको छ । दुवै योजनामा यसअघि पनि गाउँपालिकासहित प्रदेश सरकारको बजेटमार्फत प्रारम्भिक चरणका काम शुरुआत भएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । प्रदेश सरकारको रकमले बाल्मिकी सिमसारको बाँध निर्माण लगायतका आधारभूत काम गरिएको थियो । पूर्वपश्चिम राजमार्गको सानो केर्खा सडकदेखि दुई किलोमिटर उत्तर जङ्गल क्षेत्रमा अवस्थित बाल्मीकी आश्रम पर्यटकीय गन्तव्य र सिमसार क्षेत्र रहेकाले त्यस क्षेत्रको विकास गर्न गाउँपालिकाले संरचना निर्माण तथा प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको उपाध्यक्ष बेणु शिवाकोटीले बताउनुभयो । आश्रमको प्रवद्र्धनकै लागि गत वर्ष प्रजातन्त्र दिवसमा प्रदेशस्तरीय साहित्यिक भेला गरिएको थियो । यस्तै पूर्वपश्चिम राजमार्गको केर्खा्स्थित अमलडाँगी मार्गदेखि करीब सात किलोमिटर दक्षिणमा बाँसबारी सिमसार पर्यटकीयस्थल सजिलै पुग्न सकिन्छ । वडानं १ का अध्यक्ष केदार कटुवालका अनुसार बाँसबारी पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले यसअघि रु १२ लाख खर्चिएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । करीब साढे तीन बिघा क्षेत्रफलमा फैलिएको पोखरीमार्फत पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक पर्यटनलाई जोड्ने योजना छ ।

वडाध्यक्ष कटुवालले बाँसबारीको पर्यटकीय विस्तार गर्न सो स्थानमा झापाका भूमिपुत्रका रुपमा रहेका सन्थालहरुको होमस्टे सञ्चालन गरिने योजना छ । होमस्टेका लागि सन्थाल संस्कृति झल्कने घरहरु निर्माण गरिने छ भने उनीहरुको जीवनशैली झल्कने सामग्री र सांस्कृतिक नृत्य अवलोकनको व्यवस्था गरिनेछ । यो सँगै भ्युटावर, पिकनिक स्पट निर्माणका साथै डुङ्गा सयर, विज्ञान पार्कलगायतका संरचना स्थापना गरिने योजनाको कूल लागत अनुमान रु १७ करोडको रहेको छ ।

उहाँले भन्नुभयो, “होमस्टे पाहुना घरको रुपमा मात्र नभई सन्थाल जातिको बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि स्रोत केन्द्रको रुपमा विकास हुनेछ ।” गत आवमा समेत झापाको बाँसबारी सिमसारका लागि रु ५० लाख विनियोजन भएको थियो । तर अन्यत्र पनि सोही नामको सिमसार रहेको भन्दै बजेट काम लाग्न नसकेर फ्रिज हुन पुगेको वडाध्यक्ष कटुवालले बताउनुभयो । चालू आवमा सङ्घबाट रु ५० लाख विनियोजन भएको र प्रदेशबाट समेत थप बजेट आउने अपेक्षा गरिएको बताइएको छ । योजनामा वडाको पटक पटक गरी रु ३५ लाखसमेत खर्च गरी पोखरी आसपासमा संरचना निर्माण र प्रवद्र्धनका विभिन्न काम भइरहेको छ । कमल–५ मा रहेको साधुहोली क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्राथमिक चरणका काम भइरहेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको तर्फबाट डिजाइनको काम गरिएको र प्रदेश सरकारमार्फत प्राप्त रकमबाट केही पूर्वाधार विकासको काम गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here