झापा ट्राफिकको काम : दुर्घटना न्यूनिकरण भन्दा राजश्वमा ध्यान

0
745

झापा।

झापामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएपनि मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्यामा भने बृद्धि भएको पाइएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्दा ट्राफिक प्रहरीले १४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, आर्थिक वर्ष २०७५÷०७६ मा मादक पदार्थ सेवन गर्ने संख्या दोब्बर भन्दा बढी भएको छ । जसबाट ट्राफिक प्रहरीले तीसलाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

‘ट्राफिक प्रहरीको कूल राजश्व संकलनमा आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा आर्थिक वर्ष २०७५÷०७६ मा कमी आएपनि मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या भने बढेर गएको छ’ –जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अघिकारीले भने –‘ब्रेथलाइजर, हाइवे चेकिङ, छड्के गस्तीका क्रममा ‘मापसे ’चेकिङलाई नियमित गर्दा कारवाही संख्या बढेको हो, योसंँगै राजश्व पनि बढेर गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा भएका सवारी दुर्घटनामा परी ८५ जनाले ज्यान गुमाएका थिए । यो अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा मृत्यु हुनेको संख्या २० जनाले कम हो ।

आर्थिक वर्ष २०७४÷०७५ मा सोही अवधिमा १०५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मृत्यु हुने मध्ये पुरुषको संख्या ७३, महिलाको संख्या ९ र बालबालिका ३ जना रहेका छन् । सोही अवधिमा अघिल्लो वर्ष ८२ पुरुष, १६ महिला र ७ बालबालिकाले ज्यान गुमाएका थिए ।

यता सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएपनि ट्राफिक नियम उल्लङ्घन गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या भने बढेर गएको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७४÷०७५ मा ४ करोड ६१ लाख ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा ४ करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी प्रमुखको रुपमा होमप्रसाद अधिकारी आएसंगै उनले दुर्घटना न्यूनिकरणमा भन्दा राजश्व संकलनमा सबैभन्दा धेरै ध्यान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here