बिर्तामोडमा अन्तर्राष्ट्रिय गोल्डकप

0
422

बिर्तामोड।

झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्र्तराष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । जायोन स्पोर्टस् क्लव बिर्तामोडको आयोजनामा असोज ११ देखि १८ गतेसम्म गोल्डकप आयोजना हुने भएको हो ।

आयोजक क्लवले मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका वारेमा जानकारी दिएको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा दुई विदेशीसहित आठवटा टीमको सहभागिता रहने झापा जिल्ला फुटवल संघका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।

उनले नेपालका ए डिभिजनका ४ क्लवले प्रतियोगितामा सहभागिता जनाउने समेत बताएका छन् । क्लवले फुटवलका राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई प्रतियोगिताको व्राण्ड एम्वेसेडर नियुक्त गरेको छ । खड्काले प्रतियोगिताका लागि ब्यक्तिगत रुपमा एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने क्लवका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए । उनले प्रतियोगितामा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ र फाइनलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद पुरस्कार र उत्कृष्ट खेलाडीहरुलाई विशेष उपहार प्रदान गरिने बताए ।

प्रतियोगिताका लागि अनुमानित ८० लाख खर्च हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रतियोगिताको औचित्यमा माथि क्लवका सचिव महेन्द्र पाण्डेले प्रकाश पारेका थिए भने क्लवका उपाध्यक्ष अविनाश राईले विज्ञप्ति वाचन गरेका थिए ।

कार्यक्रममा मणि चाम्लिङ, क्लवका सहसचिव दीपेन्द्र अछामी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य गौरीमान राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here