यौनिकता सम्बन्धी तालिम

0
562

सुरुङ्गा ।

२०औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कनकाई मावि सुरुङ्गामा यौनिकता शिक्षा र नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन संघ झापा र सुरुङ्गा सहकार्य युवा क्लबको आयोजना र कनकाई मावि सुरुङ्गाको सहकार्यमा भएको तालिममा सोही विद्यालयका एक सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा यौनिकता सम्बन्धमा नेपाल परिवार नियोजन संघ झापाका वरिष्ठ अधिकृत सुजन केसी र नेतृत्व विकास सम्बन्धमा सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष सुदीप भण्डारीले सहजीकरण गरेका थिए ।

त्यसैगरी जीवनोपयोगी शिक्षाका सम्बन्धमा सुरुङ्गा सहकार्य युवा क्लबका पूर्व अध्यक्ष राजकुमार कट्टेलले तालिम दिएका थिए ।

तालिममा यौनिकता सम्बन्धमा यौवनावस्था र किशोरावस्थामा आउने शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तनसहित सम्पूर्ण प्रजनन् स्वास्थ्यका बारेमा प्रष्ट पारिएको थियो भने नेतृत्व विकास र जीवनोपयोगी सीपका सम्बन्धमा सो सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रअ चन्द्रप्रसाद शिवाकोटी, आधारभूत इञ्चार्जद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई, शिक्षकहरु दिलीपकुमार खतिवडा, तीर्थराज खरेल, भीमप्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन अनुप भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here