धुलाबारीको थुनुवा फरार प्रकरण : प्रहरीकै दुई समितिले थाल्यो अनुसन्धान

0
824

झापा।

इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतबाटै थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान थालेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगर प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा तीन सदस्यीय समिति र जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छुट्टाछुट्टै छानबिन सुरु गरेको जनाइएको छ।

समितिले इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीसहित आठ जनामाथि छानबिन सुरु गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। ‘अहिलेसम्म हिरासतबाट फरार भएका थुनुवा भेटिएको छैन, उनले भने, ‘यस विषयमा छानबिन भइरहेको छ, घटनामा दोषी भएका प्रहरी कर्मचारी विभागीय कारबाही हुन्छ।

समितिले सिसी क्यामेराको सहयोगमा छानबिन थालेको हो।’ सीमावर्ती क्षेत्रको बजारमा भारतीय गिरोहको संलग्नतामा चोरी तथा लुटपाटका घटना बढेपछि प्रहरीले चलाएको अभियानमा चोरीको आरोपमा दुई जना भारतीय मेचीनगरबाट पक्राउ परेका थिए ।

पक्राउ पर्ने पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अल्छियाका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल हुन्। उनीहरु हिरासतमै रहेका बेला गत आइबार फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

यसअघि लागु औषधसहित पक्राउ परेका इलामका २४ वर्षीय शंकर गजमेर पनि प्रहरीको नियन्त्रणमा रहेका बेला फरार भएका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेका गमजेरलाई स्वास्थ्य परीक्षणका लागि बिर्तामोडस्थित कनकाई अस्पताल लथिएका थियो।

प्रहरीको घेराबन्दीमा रहेका गजमेर अस्पतालको शौचालयको झ्याल फुटाएर फरार भएका थिए ।

प्रहरी निरीक्षकको गैरजिम्मेवार अभिव्यक्ति

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले गर्मी मौसम भएकाले थुनुवाले तिर्खा लागेको भनेपछि पानी खानबाहिर निकाल्दा फरार भएको बताएका छन्। उनले थुनुवा हिरासतबाट नभागेको दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here