दारी ग्याङ झापाद्धारा बुद्धशान्तिका तीन संचारकर्मी सम्मानित

0
907

बुधबारे ।

सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार आयोजित रक्तदान कार्यक्रमको अवसरमा बुद्धशान्तिका तीनजना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सम्मानित हुने संचारकर्मीहरुमा तीर्थ तिम्सिना, रोसन भट्टराई र आयुस निरौला रहेका छन । ग्रामिण क्षेत्रको सामाजिक परिवेशमा कलम चलाएको भन्दै उनीहरुलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । उनीहरुलाई बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले सम्मान गरेका थिए ।

दारी ग्याङ झापाको सह–संयोजक भुवन बुढाथोकीको अध्यक्षतामा तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्र्रेती, बुद्धआदर्श माविका अध्यक्ष मनोरथ तिवारी, उद्योग बाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाई, स्थानीय समाजसेवी संजील प्रसाई, मदन प्रसाई, राजु उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन भएको थियो ।

दारी ग्याङ झापाका सदस्य सन्दिप प्रसाईले स्वागत तथा ग्याङका उपसंयोजक गोकुल पौडेलले संचालन गरेको कार्यक्रममा सामाजिक व्यक्तित्व तिवारी प्रमुख अतिथि भुजेल लगायतले मन्तव्य राखेका थिए ।

दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तरगत रहेको रक्तदान कार्यक्रम यस संगै बुधबारेमा ३ पटक गरिसकिएको छ । सामाजिक संस्थाको रुपमा परिचित हुँदै गएको दारी ग्याङले यस अघि बाढि पिडितलाई सहयोग, रक्तदान कार्यक्रम, विभिन्न कार्यक्रमहरुमा स्वयंमसेवकको भुमिका लगायतको सामाजिक कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here