झिलझिलेमा आन्छी क्याफे

0
995

झिलझिले ।

झापाको झिलझिलेमा ‘आन्छी क्याफे एण्ड वार’ आइतबार देखी संचालनमा आएको छ । शिवसताक्षी नगरको सवै भन्दा ठुलो बजार झिलझिलेमा क्याफेको एक कार्यक्रमका विच उद्धघाटन भएको हो ।

होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रका अध्यक्ष राजन दंगालले क्याफे एण्ड वारको उद्घाटन गरेका छन । नेपाल सरकारले सन २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा घोषाण गरेको र उक्त कार्यक्रमलाई सफल पार्न होटल व्यवसायीहरुको एकता र सहकार्य हुनुपर्नेमा दंगालले जोड दिए ।

स्थानीय दीपककुमार मेन्याङ्वो र सुवास मेन्याङ्वोले संयुक्त रुपमा सञ्चालनमा ल्याएको आन्छी क्याफे एण्ड वार ३५ लाख बराबारको रहेको संचालकले वताएका छन ।

वारमा प्रत्येक सोमबार लाईभ म्युजिकका कार्यक्रमहरु हुने छ । त्यस्तैं, क्याफे एण्ड वारमा चीया, कफिदेखी ब्रेकरीको सवै आइटमहरु पाइन्नुका साथै पेय पदार्थहरु, फ्रेस जुस, आइसक्रिमहरु पाईने क्यापफेका संचालक दीपककुमारले वताए । त्यस्तैं, बर्थडे लगायतका सवै प्रकारका पार्टी, सेमिनार, गोष्ठी र तालिमहरु सञ्चालन गर्न सकिने क्याफे एण्ड वारले जनाएको छ ।

क्याफे एण्ड वारमा चाईनिज फुड स्वादका परिकार समेत पाईने क्याफेले जनाएको छ । भेज तथा नन्भेज मोमो, थुक्पा, चाउमिनहरुको समेत पाईने संचालक सुवास मेन्याङ्गवाले बताए ।

क्याफे उद्घाटन कार्यक्रममा सतासीधाम सामुदायीक प्रहरी सेवा केन्द्रका महासचिव सन्त फेउवादेन लिम्बु, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख सुमन कुमार राई, होटल व्यवसायी संघ माइपश्चिम क्षेत्रिय समिति दमकका कार्यसमिति सदस्य दीपक फुयल, शिबसताक्षी–८ का वडा सचिव पुष्प पाण्डे, सतासी जेसिजका कुमार सावाले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here