बिर्तामोडमा कपडा बैंक

0
1265

 

बिर्तामोड, झापाको बिर्तामोडमा कपडा बैंक सञ्चालनमा आउने भएको छ । देवी पञ्चकन्या मनिङ वाक ग्रुप,रोटरी क्लव अफ बिर्तामोड र महिला उद्यमी संघ झापाले कपडा बैक सञ्चालनमा ल्याउन लागेका हुन् । कपडा बैंकबाट जो केहीले निःशुल्क कपडा लान सक्ने बिर्तामोडमा आज पत्रकार सममेलनको आयोजना गर्दै जानकारी दिइएको छ । बिर्तामोडस्थित वंशल मार्केटमा सञ्चालनमा ल्याउन लागिएको बैंकको उद्घाटन भदौं ३ गते गरिने महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले जानकारी दिइन् ।

महिला उद्यमी संघ झापाको अगुवाइमा कपडा बैंक स्थापना गर्न लागिएको बताइएको छ । बिर्तामोडका व्यवसायी सुरेश कुमार वंशलले निःशुक्ल बैक स्थापनाका लागि कोठा उपलब्ध गराएपछि परोपकारी काम गर्ने उद्देश्यले बैंक सञ्चालनमा ल्याउन लागिएको भट्टराईको भनाई छ । कपडा बैंक संयोजक समेत रहेका वंशलका अनुसार घरमा प्रयोग नभएका र कपडा गोदाममा सिजन आउट भएर गोदाममा थन्किएका कपडा संकलन गरिने र सोही कपडा बैंक मार्फत जो कोहीले निःशुल्क लान सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा देवी पञ्चकन्या मडिङ्गवाक ग्रसपका तर्फबाट मदन गोपाल सुब्बा, रोटरी क्लव अफ बिर्तामोडकी अध्यक्ष निकित गिरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन युवा व्यवसायी निर्मल भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here