हिकोलाको वार्षिकोत्सव

0
607

बिर्तामोड।

पूर्वको व्यापारिक केन्द्रका रुपमा परिचित झापाको बिर्तामोडमा सञ्चालनमा आएको होटल हिकोला हेरिटेज पाँचौ वर्षमा प्रवेश गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै राजधानी बाहिर तारे होटल सरहको सुविधासम्पन्न होटलको रुपमा २०७२ भदौ ४ गते होटल हिकोला हेरिटेजको स्थापना गरेको सञ्चालक देवीभक्त श्रेष्ठले जानकारी दिए । होटलले छोटो समयमा गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताउँदै सञ्चालक श्रेष्ठले होटलमा भारत, बंगलादेश, अस्ट्रेलिया लगायतका मुलुकबाट पर्यटक आउने गरेको बताए ।

होटलले पाँचौ बर्ष प्रवेश गरेको अवसरमा सांगीतिक कार्यक्रमसहित कलाकारलाई सम्मान गर्ने भएको बताउँदै सञ्चालक श्रेष्ठले आगामी भदौ ६ गते सांगीतिक कार्यक्रमसहित गायिका मीरा राणा र गायक कर्ण दासलाई सम्मान गरिने जानकारी दिए ।

पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा होटलमा आउने ग्राहकहरुलाई १५ प्रतिशत छुटको समेत ब्यवस्था गरिएको बताउँदै सञ्चालक श्रेष्ठले होटलमा पारिवरिक वातावरणसहितको रेष्टुरेण्ट, भीआइपी वार तथा सुविधासम्पन्न कोठा रहेको जानकारी दिए ।

होटलमा इण्डियन, कन्टिनेन्टल, चाइनिज, थकालीसहित पाँच सयभन्दा बढी खानपिनका परिकार उपलब्ध रहेको बताउँदै सञ्चालक श्रेष्ठले बिर्तामोडमा पहिलोपटक स्पा र ज्याकुजीसहितको ब्यूटी सैलुन सञ्चालनमा ल्याएको बताए ।

हिकोला कलर ल्याबको स्थापनासँगै बिगत २७ वर्षदेखि रंगीन फोटो सम्बन्धी सेवा प्रदान गरिरहेको कम्पनीले अनुपमा ट्राभल्स हुँदै स्तरीय होटल सञ्चालन गरेको बताउँदै उनले वडादशैंको अवसर पारेर होटलले पहिलो शाखा काँकरभिट्टामा सञ्चालनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा होटलका सञ्चालक उर्मिला श्रेष्ठ, व्यवस्थापन प्रमुख गौरव श्रेष्ठ, म्यानेजर विवेक बराल लगायतले समेत होटलका बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here