तीन जना ज्येष्ठ अभिभावकलाई देवभूमीको सम्मान

0
577

अर्जुनधारा ।

विश्व ज्येष्ठ नागरिक दिवस २०१९को सन्दर्भमा अर्जुनधारा–५स्थित देवभूमी विद्यापीठ अङग्रेजी आवासिय विद्यालयले तीन जना ज्येष्ठ अभिभावकलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षता र ज्येष्ठ अभिभावक धर्मनन्द तिम्सिनाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तिम्सिनासँगै खेमनाथ भट्टराई र चिरञ्जिवी अधिकारीलाई दोसल्ला ओढाई सम्मानित गरिएको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तिम्सिना, बाल क्लबका अध्यक्ष वितिसा डाँगी, इन्र्टयाक्ट क्लबका अध्यक्ष अंकिता भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रधानाध्यापक राकेशकुमार कट्टेलले दिवसको औचित्य बारे प्रकाश तथा शिक्षक त्रिलोचन दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षा भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here