बिद्यार्थीको आँखा र कान परीक्षण

0
1027

बिर्तामोड।

लायन्स क्लब अफ बिर्तामोड सिटीले बिहीबार झापाको अर्जुनधारा–१ भिमलेमा रहेको भिमले आधारभूत विद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

क्लबका अध्यक्ष निरज ओलीका अनुसार विकट क्षेत्रको सो विद्यालयका ७० जना विद्यार्थीलाई कापी तथा डटपेन वितरण गरिएको हो । क्लबले एक हजार थान कापी र डटपेन दिएको थियो । क्लबले पानी चिसो भइरहने चार थान पिउने पानीको जारसमेत प्रदान गरेको थियो ।

क्लबकै संयोजनमा दृष्टि आँखा अस्पतालको तर्फबाट निःशुल्क आँखा तथा कान परीक्षण गरिएको थियो । दुईजना चिकित्सक र प्राविधिकसहितको टोलीले सोही बिद्यालयका बिद्यार्थी र स्थानीयको आँखा र कान जाँच गरेको क्लबका प्रवक्ता हिमाल खरेलले जानकारी दिए । स्वास्थ्य शिविरबाट एक सयजनाले आफ्नो आँखा र कानको परीक्षण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–१का वडाध्यक्ष गजाधर खतिवडा, क्लबका अध्यक्ष ओली, सत्यनारायण शर्मा, ओमकृष्ण बिमली, सुरेन्द्र आचार्य, पार्वता खरेल, बिमली, उर्मिला बिमली खरेल, निरु उप्रेती ओली, हरिप्रसाद घिमिरे, माधव आचार्य, शिशिर थापालगायतले शुभकामना व्यक्त गरेका थिए । प्रधानाध्यापक डम्बर प्याकुरेलले धन्यवाद व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here