महिला संघ अर्जुनधाराको सम्मान तथा तीज मिलन

0
772

अर्जुनधारा।

नजिकिदै गरेको चाड तीजको अवसरमा नेपाल महिला संघ अर्जुनधारा नगर समितिले शनिबार सम्मान तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

समितिकी सभापति लीलादेवी कटुवालको अध्यक्षता र नेपाली काँग्रेस पार्टी झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकसहित पाँच जनालाई सम्मानित गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा १०५ वर्षीया कलावती गौतम, संघ साविक अर्जुनधारा गाँउ विकास समितिका पूर्व सभापतिद्धय चन्द्र जोशी र पार्वता सुवेदी, साविक खुदुनवारी गाँउ विकास समितिकी पूर्व सभापति मिठू ढकाल र साविक शनिश्चरे गाँउ विकास समितिकी पूर्व सभापति निर्जला वन रहेको सभापति कटुवालले जानकारी दिइन् ।

त्यसैगरी कार्यक्रममा खुल्ला गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता अन्र्तगत गायनतर्फ प्रथम गंगा उप्रेती र शोभा फूँयाल, द्धितीय जीवनकुमारी खतिवडा र तृतीय हीरा सिटौला तथा नृत्यतर्फ प्रथम सावित्रा मिश्र, द्धितीय कदमगाछी महिला समूह र तृतीय भावना बुढाथोकी भएको बताइएको छ । गोमा श्रेष्ठ, भक्ति सिटौला र हस्तबहादुर परियार निर्णायक रहेको प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय भएकाहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा सबै वडाबाट छनौट भएका अति विपन्न ११ जना महिलालाई एक–एक थान साडी उपलब्ध गराइएको थियो । कार्यक्रममा अर्जुनधारा–३ वडा समितिका अध्यक्ष जीवकुमार भण्डारी “जीवन”, नगर सभा सदस्य सीताराम भट्टराई, संघ झापाकी सभापति सुशिला ढकाल, पार्टी नगर सभापति हेमराज खरेल, सांस्कृतिक संघ क्षेत्रिय संयोजक हरिप्रसाद काफ्ले, पूर्व जिविस सभापति कृष्णप्रसाद मिश्रलगायतको आतिथ्यता रहेको थियो ।

समितिकी उपसभापति शर्मिला खड्काले स्वागत मन्त्वय व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here