पूर्वन्यायाधीश श्रेष्ठद्वारा मन्दिरलाई एघार लाख सहयोग

0
764

धादिङ,

धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गर्नुभएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहनुभएका धादिङबेँसीका श्रेष्ठ उहाँका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो ।

४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसक्नुभएका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताउनुभयो । मन्दिरका संरक्षकसमेत रहनुभएका श्रेष्ठले राधाकृष्ण मन्दिर आफैँ बनाइदिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here