हिसान झापाद्वारा उत्कृष्ठ विद्यार्थीलाई सम्मान

0
1012

बिर्तामोड ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) झापाले कक्षा ११ को प्रि वोर्ड परीक्षामा झापा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने ८ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।

बिर्तामोडमामा एक कार्यक्रमको आयोजना गर्दै हिसान झापाले मानविकी, व्यवस्थापन र विज्ञान संकायमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विज्ञान शंकायतर्फ उत्कृष्ट अंक ल्याउने कोहेड कलेज बिर्तामोडका दिप्सन भण्डारी , दितीय विभूति मावि चन्द्रगढीका तितिक्षु अधिकारी र तृतीय स्थान हासिल गर्ने निधि कलेज बिर्तामोडका दीपेश झालाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै मानविकि संकायतर्फ प्रथम हुने कोहेड कलेज बिर्तामोडकी सोहानी कर्ण,दितीय हुने ग्लोवल एकाडेमी दमकका निरस दुलाल लाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।

यसैगरी व्यवस्थापन संकाय तर्फ प्रथम हुने एकता एकाडेमी दमककी सन्ध्या श्रेष्ठ, दितीय हुने निधि कलेजकी अनुपमा निरौला र तृतीय हुने गोमेन्द्र महाविद्यालय बिर्तामोडकी नमिता अधिकारी लाई नगद सहित सम्मान गरिएको थियो । प्रथम दितीय र तृतीय हुनेलाई क्रमशः नगद ५ हजार तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिएको थियो भने प्रथम हुनेलाई अध्ययनमा सत प्रतिशत, दितीय हुनेलाई ७५ प्रतिशत र तीतृय हुनेलाई ५० प्रतिशत छात्रवृति प्रदान गरिएको थियो ।

हिसान झापाका अध्यक्ष सुरेश वहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्द लम्सालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विर्तमोड– ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला, हिसानका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराईले शुभकामना दिनुएको थियो ।

कार्यक्रमको संचालन हिसान झापाका सचिव गौतम शर्मा शिवाकोटीले गर्नुभएको थियो । झापामा हिसानमा आवद्ध १८ वटा विद्यालय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here