अरिंगालले टोकेर बालकको मृत्यु

0
498

अर्घाखाँची,

अरिंगालको टोकाईबाट अर्घाखाँची सन्धिखर्क ५ का १५ वर्षीय नन्दबहादुर मुखियाको ज्यान गएको छ।

स्थानिय गोपेश्वर आधारभुत विधालयमा कक्षा ५ मा अध्यनरत बालक नन्दबहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो।

अरिंगालको टोकाईबाट घाइते भएको गाँउलेले देखेपछि निज मुखियालाई उपचारको लागि जिल्ला अस्पताल पुराएका थिए। जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि बालकको मृत्यु भएको बताईएको छ।

उपचार गर्दा गर्दै अचेत भएका बालक मुखियालाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। मृतक नन्दबहादुर मुखिया ५ बहिनी दिदीहरू पछि जन्मिएका दिलबहादुर मुखियाको एक्ला छोरा थिए।

अहिले शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here