डेङ्गु महामारीको रूप लिने आशङ्का: १ को मृत्यु, ३४६ बिरामी

0
690
चितवन ।

जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच १ जनाको मृत्युसमेत भएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ । यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि ११५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन् । जिल्लाका ९ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।

यी अस्पतालमा आएका ज्वरोका बिरामीहरुबाट लिइएको नमूनामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जिल्लामा हरेक ३र३ वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७र०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०र०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेङ्गु देखिएको होे । यस्तै आर्थिक वर्ष २०७३र०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।

त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१र०७२ मा ११९, ०७२र०७३ मा ८५, ०६८र०६९ मा ६८, ०७४र०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९र०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो ।

तथ्याङ्कलाई हेर्ने हो भने हरेक तीन÷तीन वर्षमा डेङ्गुको सङ्क्रमण फैलिएर महामारीको रूप लिएको देख्न सकिन्छ । डेङ्गु रोग सरुवा रोग हो । जुन डेङ्गुको विषाणु भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरेको छ । डब्बाहरु, एयर कन्डिसन, एयर कुलर, ड्रमहरु, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फूल पार्ने गर्दछ ।

डेङ्गुको सङ्क्रमणको मुख्य लक्षण ज्वरो आउने रहेको भन्दै उहाँले सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन् ।

यसैगरी वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । डेङ्गु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here