ट्युसन पढ्न गएका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु

0
953

पाल्पा ।

पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।

रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन्। प्रहरी नायव उपरीक्षक सापकोटाका अनुसार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन्।

उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन्। बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।

अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। बेहोस भएका सातजनाको अवस्था सामान्य रहेको उहाँको भनाई छ।

अहिले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पुष्प ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली घट्नास्थलतर्फ गएको छ। विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here