मेचीनगर,
१ ग्राम १ सय मिलिग्राम ब्राउनसुगरसहित मोरङ बेलावारी— ३ का दुइ जना युवा बुधबार काँकरभिटटामा पक्राउ परेका छन् ।
भारतको पश्चिम बंगालस्थित पानीट्याँकीबाट नेपालतर्फ आउने क्रममा प्रहरीले शंकालागि चेकजाच गर्दा २४ वर्षीय सन्तोष खड्काको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेपछि उनको बयानका आधारमा सोहि ठाउँका १९ वर्षीय सोनाम लिम्बुलाई समेत लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको शाखाले जनाएको छ ।
आफ्नो पर्सको भित्रपछि ५ रुपैयाँको नोटमा प्लाष्टिकको पोको बनाएर लुकाईछिपाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाअघि चेकजाँच गर्ने क्रममा खड्काकासाथबाट प्रहरीले उक्त परिमाणको ब्राउनसुग फेला पारेको थियो ।
उनले नेपाली दुईहजारमा उक्त लागुऔषध खरीद गरेको र पैसा दुवैजनाको बराबर परेको प्रहरी समक्ष बयान दिएपछि लिम्बु पक्राउ परेका हुन् । बेलबारीकै एक व्यक्तिले खरीद गर्न लगाएको दुवैको बयान छ ।
दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।






























