त्रिभूवन माविमा आमा समूहको तीज विशेष कार्यक्रम

0
739

बिर्तामोड ।

झापाको बुद्धशान्ति–१ होक्से स्थित त्रिभूवन माविको आमा समूहले आज तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आमा समूहकी अध्यक्ष यमुना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नाचगानसहित दर खुवाइएको थियो ।

कार्यक्रममा आमाहरुले तीजको सांस्कृतिक पहिचान झल्कने गरी नृत्य गरेका थिए । आमा समूहको तीज विशेष कार्यक्रम देखेर विद्यार्थी खुसी भए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिना, शिक्षक अभिभावक संघ अध्यक्ष पूर्णप्रसाद सञ्जेल, सदस्य अम्बिका कट्टेल, गजाधर पौडेल, विद्यालयका प्रधानाध्यापक कुमार आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तीजको सांस्कृतिक पहिचान र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सञ्चालन आमा समूह सचिव शारदा पौडेलले गरेकी थिइन् भने स्वागत संगीता रिजालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here