महिला टेम्पो चालकलाई इनरवीलको सम्मान

0
1120

बिर्तामोड ।

झापाको बिर्तामोडमा सात जना महिला टेम्पो चालक सम्मानित भएका छन् । महिलाहरुको हरितालिका तीजको अवसर पारेर उनीहरुलाई इनरवील क्लव अफ बिर्तामोड मिटटाउनले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा प्रभा तिम्सिना, विन्दादेवी चौधरी, वुनु थापा, वुद्धि माया , टिका लिम्बू, नितु गिरी र लक्ष्मी नेपाल रहेका छन् ।

इनरवील क्लव अफ बिर्तामोड मिटटाउनकी अध्यक्ष भुमिका पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई इनरवील क्लव अफ बिर्तामोड मिटटाउनले मायाको चिनो स्वरुप एक एक थान व्याग समेत प्रदान गरिएको छ ।

बिर्तामोड क्षेत्रका अगुवा महिलाहरुको आतिथ्यमा एक आपसमा हरितालिका तीजको शुभकामना आदन प्रदान गर्दै मनाइएको कार्यक्रमको संचालन इनरवील क्लव अफ बिर्तामोड मिटटाउनकी सचिव जमुना भूषालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here