दण्डपाणिको मासिक आय एक लाख ८० हजार

0
751

बिर्तामोड।

झापाका पशुपालक कृषकले दूधको उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला सुरुङ्गाका एक कृषकलाई भने उपभोक्ताको माग अनुसारको दूध उत्पादन गर्न हम्मे–हम्मे परेको छ ।

कनकाई नगरपालिका–३ निवासी दण्डपाणि गौतम (डीपी गौतम)ले अहिले दैनिक एक सय लिटर दूध उत्पादन गर्छन् । उनले उत्पादन गरेको दूध गोठबाटै बिक्री हुन्छ, त्यो पनि ६० रुपैयाँ प्रतिलिटर । झापा गाउँपालिका–६स्थित शरणामतीका किसानले दूधको उचित मूल्य नपाएको भन्दै सडकमा दूध पोखेर डेरी उद्योगको बिरोध जनाए पनि गौतमलाई अहिले उपभोक्तालाई दूध पु¥याउन मुस्किल छ ।

साढे तीन वर्ष अगाडि १५ वटा कोरली बाच्छीबाट व्यवसायिक पशुपालन शुरु गरेका गौतमको गोठमा अहिले तीसवटा गाई र बाच्छी छन् । जसमध्ये ९ वटा गाईले दूध दिन्छन् । तीनै ९ वटा गाईको दूध बेचेर दैनिक ६ हजार रुपैयाँ आम्दानी गर्दै आएका गौतमले मासिक एक लाख ८० हजार आम्दानी गर्छन् । गाईको हेरचाहका लागि एक जना कर्मचारीको समेत व्यवस्था गरेका गौतमले खर्च कटाएर पनि प्रतिमहिना ८० हजार रुपैयाँ बचत गर्ने गरेको बताए । ‘९ माऊ गाई दुहुना हुँदा ८० हजार रुपैयाँ प्रतिमहिना चोखो बच्दो रहेछ’– गौतमले भने ।

प्रतिक पशुपालक कृषि फर्म दर्ता गराएर गाईपालन व्यवसाय शुरु गरेका गौतमलाई दूध बेच्न होइन माग अनुसारको दूध पु¥याउन मुस्किल हुने गरेको कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लीला चिमरियाले बताए । उनले भने– ‘उपभोक्ताको माग अनुसार गौतम जीले दूध उत्पादन गर्न सक्नु नै भएको छैन ।’ उनको फर्मको दूधको माग उच्च छ । गाई थप्यो भने रेखदेख गर्ने कर्मचारी पाइँदैन । मासिक २० हजार रुपैयाँमा पनि काम गर्ने मानिस नपाउँदा पशुपालक कृषक मारमा पर्ने गरेका छन्– चिमरियाले भने ।

यता पशुपालन व्यवसाय गर्दै आएका गौतमले बिहान बेलुका गाई फर्ममा दूध लिन आउनेको भीड लाग्ने गरेको बताउँदै भने– कहिले काहिँ त मागे अनुसारको दूध दिन नसक्दा छिमेकी नबोलुँला झैं गर्छन् ।

बीस लाख रुपैयाँ लगानी गर्दै खोलेको फर्म अहिले झण्डै ५० लाख भन्दा बढीको भएको छ– गौतमले भने– ‘सूर्याेदय कृषि फर्मबाट ५० हजार रुपैयाँका दरले ५ वटा बाच्छी किनेर ल्याएको थिएँ, पछि गाउँघरका केही उन्नत जातका बाच्छी किनेर थपँे तीनै बाच्छी अहिले हुर्किएका छन् । जसले मलाई अहिले सुरुङ्गा क्षेत्रमा सफल गाई पालक कृषकका रुपमा चिनाएको छ ।’

चोकरको दाम बढेका कारण गाईपालक कृषकले सोचे अनुसारको दूधको मूल्य पाएका छैनन्– गौतमले भने– मैले गाईपालन व्यवसाय शुरु गर्दा एक हजार ४ सय रुपैयाँ प्रति बोरा चोकर पाइन्थ्यो, अहिले चोकरको मूल्य दुई हजार रुपैयाँ पुगिसक्यो । तर दूधको मूल्य उही छ ।

कृषकले गाईलाई खुवाउने दाना घटाएर साईलेस प्रविधिको घाँस प्रयोग गर्न थालेपछि भने केही राहत मिले पनि दूधको मूल्य नबढेसम्म कृषकले सोचे अनुसारको मुनाफा गर्न नसक्ने उनको भनाइ छ ।

गौतम सुरुङ्गामा अगुवा गाईपालक कृषकका रुपमा पनि परिचित छन् । उनले गाईपालनकै लागि व्यवस्थित गाईगोठ बनाएका छन् भने सुत्केरी र बिरामी गाई राख्ने गोठ समेत अलग्गै तयार गरेका छन् । जसका कारण पशुपालक कृषक उनकोमा पशुपालन सम्वन्धी जानकारी लिन दिनहुँ आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here