शिक्षकलाई पाँच लाख सहयोग गरिने

0
900

इनरुवा ,

यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ ।

सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ ।

नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिनुभयो । उहाँले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताउनुभयो ।

“मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उहाँले भन्नुभयो । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्कनुभएको छ ।

चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here