झापा,

झापाका बाल अधिकरकर्मी तथा प्रकृति संरक्षण अभियन्ता प्रजेश खनालले ” दीगो विकासका लागि युवा” भन्ने मुल नाराका साथ आयोजित ग्लोकल अन्तर्राष्ट्रिय युवा सम्मेलन २०१९मा नेपाललाई प्रतिनिधित्व गरेका छन् ।
सम्मेलनमा युवा उद्यमशीलता, सशक्तीकरण र सामाजिक दृष्टिकोण समुहमा विश्वका विभिन्न देशका युवाहरुले सामुहिक छलफल गरेका थिए । सो सम्मेलनको सामाजिक दृष्टिकोण समुहका वक्ताको रुपमा खनालले प्रकृति संरक्षण र दिगो विकासको लागि सबैले सोच्नुपर्नेमा जोड दिएका थिए ।

खनालले विभिन्न देशबाट आएका युवा प्रतिनिधिहरुलाई नेपालको कला, संस्कृति बारे पनि अवगत गराउँदै नेपाल भ्रमण वर्ष २०२० मा उनिहरुलाई नेपाल भ्रमणको लागि निमन्त्रण समेत गरेका थिए ।
काठमाडौंको सोल्टी क्राउन प्लाजामा गत भाद्र १५ गते आयोजित उक्त सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, जापान, अमेरिका, पोल्याण्ड, इण्डोनेशिया लगायतका देशबाट १०० बढी युवाहरुको सहभागीता थियो ।

खनाल दमक नगरपालिकाको नगर बाल सञ्जालका पुर्व अध्यक्ष हुन् । उनलाई यस अघि सन् २०१७ मा नेपालका २० वर्ष मुनिका उत्कृष्ट २० युवाको रुपमा समेत सम्मानित गरिएको थियो ।





























