अष्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श

0
980

बिर्तामोड।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गरेको छ ।

फेयरमा अष्ट्रेलियाका पाँच वटाभन्दा बढी कलेज एवम् यूनिभर्सिटीहरूको सहभागिता रहेको एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक सुनिल उप्रेतीले बताए । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि अष्ट्रेलियाका कलेज एवम् यूनिभर्सिटीहरूको बारेमा जानकारी दिइएको निर्देशक उप्रेतीले बताए ।

कार्यक्रममा एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक उप्रेतीले अष्ट्रेलियामा अध्ययनको विषय, विद्यार्थीहरुले पालन गर्नुपर्ने प्राबधानहरु, अष्ट्रेलियाको विश्वविद्यालयबाट डिग्री हासिल गरे पश्चात विश्व बजारमा प्राप्त हुने अवसरहरु, अध्ययन पश्चात अष्ट्रेलियामै स्थायी अनुमतिपत्र (पी.आर) लिने विषय र अष्ट्रेलियामा अध्ययनरत् रहँदा विद्यार्थीहरुले प्राप्त गर्न सक्ने रोजगारीको अवसरहरुको बिषयमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।

फेयरमा अष्टे«लियाका साहुद्रन क्रस युनिभर्सिटी, युनिभर्सिटी अफ साहुद्रन, क्वीन्स लेण्ड, हार्वर कलेज, वोस्टन सिड्नी कलेज, किन्सटेण्ड इन्स्टिच्युट अष्टे«लियाका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई परामर्श दिएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका कन्ट्रि म्यानेजर नवराज प्रसाईंले जानकारी दिए ।

पछिल्लो समय उच्च शिक्षा अध्यनका लागि आकर्षकको गन्तब्य बनिरहेको अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाडौं, हेटौँडा, पोखरा, चितवन, झापा लगायतका शहरबाट विद्यार्थीहरूलाई अष्टे«लिया लगायतका विभिन्न देशका बारेमा शैक्षिक परामर्श प्रदान गरिरहेको उनले बताए ।

फेयरमा प्लस–टु उत्तीर्ण गरेका विद्यार्थीहरुले आइटी, नर्सिङ, बिजनेश, हेल्थ साइन्स, चाइल्ड केयर, इञ्जिनियरिङ, ल्याव टेक्निसीयन लगायतका विषयहरुमा परामर्श लिएको एजुकेशन एण्ड माइग्रेसन कर्नर बिर्तामोडका प्रमुख अग्नी प्रसाईंले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here