देवरको मुङ्ग्रो प्रहारबाट शर्मिला घाइते

0
721

झापा,

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here