तत्काल बन्द नगरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी

0
685

मेचीनगर ।

भर्खरै सञ्चालनमा आएको भारतको सिलिगुडीदेखि काठमाडौँको सिधा बस सेवा नेपाल–भारतबीच भएको सम्झौता विपरीत भएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्दै शुक्रबार काँकरभिट्टामा प्रदर्शन भएको छ ।

काँकरभिट्टाका स्थानीय व्यवसायीहरुले गठन गरेको काँकरभिट्टा बचाउ सरोकार समितिले आयोजना गरेको विरोध प्रदर्शनमा मेचीनगरका विभिन्न व्यवसायीहरु थिए । अलग अलग नारावाची गर्दै काँकरभिट्टा बजारको परिक्रमा गरेको र्याली मिनि मार्केटमा आएर सभामा परिणत भएको थियो ।

नेपाल–भारतमैत्री यातायात सञ्चालनका लागि भएको सम्झौतामा भारत र नेपालका पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सहरबीच सिधा बस सेवा सञ्चालन गर्ने भनिएको भए पनि भारतको सिलिगुडी कुनै धार्मिक र ऐतिहासिक महत्व बोकेको सहर नभएकाले त्यहाँबाट काठमाडौँ सिधा बस सञ्चालन गर्नु सम्झौता विपरीत भएको सहभागी व्यवसायीहरुको भनाई थियो ।

कोणसभामा बोल्ने अकिाँश वक्ताहरुले यो सेवा सञ्चालन भए पूर्वी नाका तहस नहस हुने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले सिलिगुडी–काठमाडौँ बस सञ्चालनले यस क्षेत्रको यातायात क्षेत्र मात्र होइन समग्र क्षेत्रमा नै नकारात्मक असर पर्ने भएकाले यो बस सेवा तत्काल स्थगित गर्न माग गरेका थिए ।

मेचीनगरको आर्थिक गतिविधि नै तहसनहस हुने गरी सञ्चालन भएको सिलिगुडी–काठमाडौँ बस सेवा तत्काल बन्द नगरे जस्तोसुकै आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए । कोणसभामा सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरे, राप्रपा संयुक्तका जिल्ला सचिव तथा ट्राभल्स व्यवसायी निरबहादुर कार्की नेत्र, होटलव्यवसायीहरुकातर्फबाट ध्ुव गिरी लगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here