उडिरहेको हेलिकोप्टरबाट सिरकको पोको खस्यो

0
903

सोलुखुम्बु ।

फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्नेक्रममा हेलिकोप्टरबाट समाग्री खसेको छ।

बिहिबार उडिरहेको हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिकाको फेरामा सामाग्री खसेको स्थानीयले बताएका छन्। फाप्लु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरक लगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ।

माईक लिमा कल साईन भएको सो हेलिकोप्टरबाट सामाग्री खसे पछि स्थानियले असुरक्षाको महसुस गरेका छन्। उड्दै गरेको हेलिकोप्टरबाट सामाग्री झरेको भन्दै स्थानियले जिल्ला प्रशासन कार्यलयको समेत ध्यानकर्षण गराएका छन्।

कार्गो उडान कम्पनीको लापरबाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ। यता प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताएका छन्।

स्थानीयले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताए।

कम्पनीको सानो कम्जोरीले ठुलो दुर्घटना हुने प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाको भनाइ छ। सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अन्जानमा गल्ति भएकाले त्यसलाई सुधार्ने बताए। नियोजित नभई ध्यान दिदा दिदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनले प्रतिबद्धता छ ।

उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए। विगतको दिनमा समेत सामान झर्ने गरेको बताइएको छ। फाप्लु बिमानस्थलबाट निर्माणका साथै अन्य दैनिक उपभोग्य बस्तु समेत खुम्बु क्षेत्र हेलिकोप्टर र प्लेन मार्फत ढुवानी गरिन्छ। खुम्बुको बिकासमा असर पर्ने एउटा कारण सहज ढुवानी नहुनुनै रहेको निर्माण कर्ताको भनाइ छ।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here