दुर्घटनाबाट जोगाउन दैलेखमा आकस्मिक हेलिकोप्टर अवतरण

0
1282

दैलेख,

मौसम खराबका कारण दैलेखमा माउन्टेन एयरको नाइनएन–एएलडी कल साइन भएको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो।

सोमबार बिहान हुम्लाबाट सुर्खेतमा तेल भरेर डोल्पाकालागी उडेको हेलिकोप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए।

सोमबार बिहान करिब ८ बजे दैलेखको बारुदथानको खुल्ला चौरमा अवतरण गरिएको हेलिकोप्टरमा चालक दलका तीनजना सदस्य मात्र रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिएका छन्।

हेलिकोप्टर मौसम सफा भएपछि करिब तिस मिनेटपछि डोल्पा जान रद्‍द गरेर नेपालगन्ज उडेको प्रहरीले जनाएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here