दिव्यपथ महिलाको सभामा उपसम्पादक निरौला सम्मानित

0
406

बिर्तामोड ।

दिव्यपथ महिला सरोकार समाज शिवसताक्षी–१०को अध्यक्षमा बृन्दा बराल चयन भएकी छिन् ।

संस्थाको दोस्रो बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष उर्मिला ढकाल, सचिव नैनकला भट्टराई, सहसचिव रोहिता मिश्र भट्टराई, कोषाध्यक्ष विमला प्रसाईं संग्रौला रहेका छन् ।

त्यस्तै सदस्यहरुमा संगीता सुवेदी, टीका गुरागाँई, दिलमाया फुँयल, कमला ढुंगाना रहेका छन् । संस्थाकी अध्यक्ष बृन्दा बरालको अध्यक्षता तथा प्रदेश सांसद हिराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रत्नकला पराजुलीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, कनकाई वायोस्यान्ड फिल्टर उद्योग संस्थालाई जग्गा प्रदान गर्ने जग्गादाता र आर्थिक सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिवसताक्षी वडा नं. १०का वडाध्यक्ष कर्णबहादुर थापा, वडा सदस्य मन्दिरा पाठक, स्वर्गाश्रम नेपालका अध्यक्ष प्रेमप्रकाश फलाहारी, सल्लाहकार कुमार गिरी, माईबेनी कृषि सहकारी संस्थाकी अध्यक्ष रोहिता मिश्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष निरौलाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सरस्वती कीर्तन मण्डलीका कलाकारले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी नैनकला भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here