बसभित्रै किशोरीमाथि बलात्कारको प्रयास, दुई जना पक्राउ

0
524

विराटनगर ।

देशभर महिला हिंसा बढिरहेको बेला मोरङमा एक किशोरीमाथि सार्वजनिक बसभित्रै बलात्कारको प्रयास भएको छ। धनकुटा घर भई आफन्तको घरमा बस्दै आएकी एक १५ वर्षीय किशोरीको गत आइतबार साँझ बसभित्रै बलात्कारको प्रयास भएको हो।

बलात्कार प्रयास गर्नेहरूमा मोरङ रंगेली–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेको मोरङ प्रहरीले जनाएको छ। खड्का र न्यौपाने ना६ख ९३४४ नम्बरको सुनकोशी सुपर बसका चालक र सहचालक हुन्। दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको वेतना सिमसार घुमफिर गरी बसमा चढेर बालिका दमक हिंडेकी थिइन्।

दमकमा ओर्लन नदिई बालिकालाई सोही बसमा पथरीशनिश्चरे हुँदै मोरङको रंगेली–९ स्थित दोहमना हाटचौकमा ल्याएर साँझ साढे ६ बजे बसभित्रै दुवै जनाले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक किरण खड्काले बालिकालाई हात समाई बसको भित्र सबैभन्दा पछाडि रहेको सिटमा जबरजस्ती करणी गर्न खोज्दा पीडित बालिका चिच्याएर भाग्न खोजेकी थिएन्।

ढोकाबाट निस्कन खोजेकी बालिकालाई बसको ढोकामा बसेका बसका सह–चालक न्यौपानेले पुनः हात समाई बसभित्र तानेर लगेका थिए। त्यसपछि बालिकाले गुहार माग्दै होहल्ला गरेकी थिइन्। त्यसपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई तत्कालै पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ। थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here