शिवसताक्षी नगर प्याव्सनको प्रथम साधरणसभा सम्पन्न

0
638

झिलझिले । 

झापाको शिवसताक्षी नगरमा रहेको नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)को पहिलो साधरण सभामा दुधेमा सम्पन्न भएको छ ।

स्थानीय संयुक्त भूपू शैनिक संघको सभाहलमा भएको सभाका अधिकांश बक्ताले अन्तर्राष्ट्रिय जगतको जस्तो शिक्षा अव नेपालका नीजि विद्यालयले नक्कल नगरे सवै नीजि विद्यालय धरासयी हुने बताए ।

चलन चल्तीको शिक्षाले गुणस्तर सुधार गर्न नसकेको बताउदै कार्यक्रमका वक्ताले शिक्षा क्षेत्रमा विदेशीको जस्तो नक्कल नगरे शिक्षा क्षेत्रको लगानी समेत डुव्ने खतरा बढेको उनीहरुले बताए ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ नम्बर प्रदेशका उपाध्यक्ष मिलनकुमार ढुँगाना, प्याव्सनका झापा अध्यक्ष एलपी उप्रेतीले व्यक्तिबादी चिन्तनका कारण निजी विद्यालयमा चुनौति थपिएको बताए ।

बिद्यार्थी वटुल्ने नाममा विद्यालय संचालक बीच नै एक अर्का प्रतिको हेर्ने दृष्टीकोण नकरात्मक भएको भन्दै त्यसको उनीहरुले तीव्र आलोचना गरे । ‘विद्यार्थी भर्ना कार्यक्रमका वेला बिद्यालय संचालक विच पानी बाराबारको स्थिती हुन्छ, झापा प्याव्सनका अध्यक्ष एलपि उप्रेतीले भने, ‘यो भन्दा लज्जास्पद र घृणीत कार्य शिक्षकले गर्ने अन्य कुनै हुन सक्दैन ।’

कार्यक्रममा मेचीनगर प्याव्सनका अध्यक्ष डम्वर रुचाल, पशुपती अंग्रेजी माविका संस्थापक चन्द्रप्रसाद खनालले शिक्षा क्षेत्रका लागेका मान्छेले आचरण नसुधारे उनीहरुले प्रदान गर्ने शिक्षा सकरात्मक अर्थ नराख्ने बताए ।

प्रिन्सिपल खनालले खानपान, रहनसहन आचर गलत छ भने विद्यार्थीले पाउने शिक्षा पनि गलत नै हुने दाबी गरे । शिवसताक्षी नगर व्याप्सनका अध्यक्ष अमृत तिम्सिनाको सभापतित्वमा भएको प्रथम नगर सभा उपाध्यक्ष राम सुहाङ्गले स्वागत गरेको कार्यक्रमको संचालन सचिव दिगम पराजुलीले गरेका थिए ।

सभामा संस्थाको सांगठानिक प्रतिवेदन संस्थाका सचिव दिगम पराजुली र आर्थिक प्रतिवेदन सभाको बन्द सत्रले सर्वसम्मतले अनुमोदन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here