दाङ,
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् ।
असहाय बाल विकास नेपाल बिजौरीले शनिबार दीपेन्द्र मावि मानपुरमा आयोजना गरेको शिविरमा एक हजार ३०० बढीले सेवा लिएका हुन् ।
संस्थाका अध्यक्ष विष्णु चौधरीका अनुसार दाँतका १३०, आँखाका २१९, रगत परीक्षण ७५, बालरोगका २२६, सामान्य जाँच ३८८, नाक, कान, घाँटी २३८ तथा स्त्रीरोग १६४ ले सेवा लिएका छन् ।
ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले त्यहाँ स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष चौधरीको भनाइ छ । उक्त संस्थाले विगतका वर्षमा पनि यस्तै शिविर गर्दै आएको छ ।































