निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन

0
434

झापा ।

इलामबाट झापा हुँदै बग्ने तेलपानी निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आज पुलको औचचाकि उद्घाटन गर्नु भएको हो । तेलपानी खोलाको मदन भण्डारी राजमार्ग अन्तगरगतको २० मिटर लामो पक्की पुल र सोही खोलाको इलामको रोङ गाउँपालिकाको ५ नम्बर र ६ नम्बर वर्डालाई जोड्ने झोलुङ्गे पुलको खनालले उद्घाटन गर्नु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ र झापाका बिभिन्न ठाउँको बाटो र पुलको उद्घाटन र शिलन्यास कार्याक्रममा बोल्दै नेता खनालले अब बिकासको मुल फुट्ने बताउनुभयो । उहाँले कम्यसनिष्ट सरकारको पालोमा देशको समग्र विकासको मुलफुट्ने बताउँनुभयो ।

नेता खानालले आफ्नो निर्वाचन क्षेत्रका सबै खाले विकासका योजनालाई प्रथामिकताका साथ अगाडी बडाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here