राधामाधवद्वारा पोशाक वितरण

0
1143

बिर्तामोड।

राधा माधव समिति बिर्तामोड शाखाले बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्री स्वरुपा आश्रम कञ्चनगढ धाम साधुकुटीका विद्यार्थीहरुलाई आवश्यक पोशाक दान गरेको छ ।

गौरीशंकर शिवालयमा अध्ययनरत् २१ जना छात्र र प्राचार्य शिक्षक, पाकशाला संयोजक र मुष्टीदान संकलकलाई समेत राधे राधे संस्थाले उपहार स्वरुप पोशाक उपलब्ध गराएको हो ।

पञ्चम मूल जगत गुरु कृपालुजीका अनुयायीहरुको राधामाधव समिति (राधे राधे) संस्थाले कृपालु महाराजीबाट एकमात्र नेपाली प्रचारक स्वामी श्री हरि दासजीको पित वस्त्र धारणको १२औं वर्ष प्रवेश र नेपाल प्रचारक चयन गरेको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपाल अधिराज्यभरमा दुई दर्जनभन्दा बढी साधनाकेन्द्र रहेको राधे राधे संस्थाले धार्मिक जागरणका साथै सेवाका कार्यहरु पनि गर्दै आएको संस्थाका सदस्य राम दुलालले बताए ।

कञ्चनगढ धामका अध्यक्ष ज्ञानु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, बाह्रदशी गाउँपालिका शिक्षा प्रमुख ज्ञानबहादुर पौडेल राधेराधे संस्थाकी बिर्तामोड प्रमुख अर्चना थापा कञ्चनगढ संस्थाका प्राचार्य हेमलाल ढकाल, गुरु मनोज खतिवडा, संस्थाका सचिव बेदु दाहाल, कोषाध्यक्ष भक्ति न्यौपाने, सदंस्थ तीर्थ कटुवाल, नन्दु खड्का, पूर्व सचिव धर्म चापागाईं, पञ्चमणि माविका शिक्षक दिपक सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

बटुकहरुद्वारा स्वस्ती वाचन गर्दै शुरु गरिएको कार्यक्रमको उद्देश्यमाथि प्रकाश अर्चना थापाले पारेकी थिइन् । उक्त अवसरमा गुरु र भगवानको प्रार्थना र युगलसरकारको आरती र नामकिर्तन समेत गरिएको थियो ।

उक्त कटुक सेवा कार्यक्रममा गौरीशंकर शिवालयका अध्यक्ष ज्ञानु सुवेदी र गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले मन्तव्य राखेका थिए । सो अवसरमा राधे राधे संस्थाका सदस्य टिका ओझा, शिवकुमार प्रसाईं, पवित्रा ओली, झूमा बस्नेत, विष्णु तिम्सिना, चरकवाला राजवंशी, पार्वता शर्मा, अम्बिका ढकाल, इन्दिरा थापा, मञ्जिता आचार्य, गिता कार्की, मित्रादेवी तिम्सिना लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राधे राधे संस्थाका सदस्य चन्द्रकान्त ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here