फनमीनका उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
1149

बिर्तामोड।

राष्ट्रिय बाल दिवसको अवसर पारेर फनमीन इङ्लिस बोर्डिङ स्कूल बिर्तामोड–३ ले सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

फनमीन बालक्लवका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षता तथा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाइस प्रिन्सिपल विकास पाठकले स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र खरेलले विद्यालयको गतिविधि माथि प्रकाश पारेका थिए । कार्यक्रममा डिल्ली सिटौला, नन्दलाल खरेल, सीपी कडरिया, प्रेम खरेल, देवेन्द्र हुमागाँई, ज्योतिसिंह दर्लामी, ओमकृष्ण विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक वक्तृत्वकला, कविता लगायत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा प्याब्सनको जिल्ला स्तरीय चित्रकलामा मावितर्फ जिल्ला प्रथम, प्रावितर्फ दोस्रो हुने तथा पालिका स्तरीय प्रतियोगितामा विजेता हुने विद्यार्थी र २०७५ को खेलकुद तथा शैक्षिक विधामा विजेता हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सविना पोखरेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here