बिर्तामोड,
धेरैले ठान्छन् आँखा नदेख्नु भनेको संसारका धेरै अवसर गुमाउनु हो । पढ्ने– लेख्ने , खेल्ने,सामाजिक संलग्नता अन्य थुप्रै अवसर आँखा नदेखखेकै कारण गुम्छ भन्ने मानसिकता अझैं छ । आँखा भनेको संंचार चिन्ने माध्यम हो आँखा नहुने सबै कुरामा पछाडि पर्छन् र परेका छन् भन्ने सोचाई राख्नेको पनि कमी छैन समाजमा ।
तर, झापामा रहेका नेत्रहीनले नेत्र हिनलाई नै सहयोग गरेका छन् । उच्च शिक्षा अध्ययनमा अझ प्रोत्साहन मिलोस भन्दै आदिवासी जनजाति नेत्रहीन संघ झापाले पवित्रा तामाङलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा १२ उत्तीर्ण उनलाई नगद ३ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
संविधान सभा सदस्य प्रेम गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा आदिवासी जनजाति नेतहीन संघले स्थापना गरेको अक्षयकोषबाट प्राप्त व्याजले छात्रवृत्ति प्रदान गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए । त्यस्तै दुई जना नृत्रहीनलाई सेतो छडी प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा भद्रपुर नगरकमिटी अध्यक्ष शिवकुमार राज भण्डारीले नेत्रहीन संघले शिक्षाको महत्वलाई वुझेको भन्दै सो कार्यको प्रशंसा गर्दै आफ्नो तर्फबाट पाँच हजार, पाँच सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य गिरीले नेत्रहीनहरुले समाजमा धेरै महत्वपूर्ण सामाजिक कार्य गरेको र शिक्षा प्रति देखाएको अभिरुचीले आफूलाई पनि छोएको बताएका थिए । उनले आफ्नो तर्फबााट नेत्रहीनहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो सममारोहमा बिर्तामोड नगरपालिका वडा नम्वर ४ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन,गीतकार शिवशंकर थापा, लगायतले बोलेका थिए ।
यसैबबीच नेपाल आदिवासी जनजाति नेत्रहीन संघ झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र यसको समेतत उद्घाटन गरिएको थियो । संघका उपाध्यक्ष नरेन्द्र मेयाङ्वोले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका सचिव दीलकुमार राजवंशीले गरेका थिए ।






























