बिर्तामोड ,
संबिधान दिबसको शन्दर्भ पारेर बिर्तामोड नगरपालिकाले आफूले बनाएका कानुनको कार्यान्वयन र त्यसको प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
संबिधान दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाले हालसम्म निर्माण गरेका कानुन, कार्यबिधि र निर्देशिकाहरुको अबस्था र त्यसको कार्यान्वयनका बिषयमा चर्चा गरिएको थियो ।

बिर्तामोड नगरपालिकाले हालसम्म २१ बटा कानुन आँफै निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । यसरी कार्यान्वयनमा ल्याइएका कानुन, नियमबारे पहिले जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रष्ट पानुपर्ने भएका कारण पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले बताउनुभयो ।
सो अन्तरक्रियात्मक कार्यक्रममा बरिष्ठ अधिबक्ता टंक उप्रेती, अधिबक्ताहरु कमला उप्रेती, खगेन्द्र खरेल र नगरपालिकाकी न्यायिक समितिकी कर्मचारी टीकामाया लामिछानेले कानुन कार्यान्वयन, हालको अबस्था र निर्माण गर्नुपर्ने कानुनहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
तीन दिनसम्म मनाउने संबिधान दिबसको कार्यक्रम अन्तरगत असोज २ गते साँझ मुक्ति चौकमा दिपावली गरिएको थियो भने असोज ३ गते बिर्तामोडमा र्याली लगायतका कार्यक्रम तय गरिएको प्रशासन शाखा प्रमुख देबराज कार्कीले बताउनु भयो ।






























