संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तीन सभाषदलाई सम्मान

0
460

 

बिर्तामोड, 

संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बिर्तामोड नगरपालिकाले संविधान सभाका तीन जना सदस्यलाई सम्मान गरेको छ ।


सम्मानित हुनेहरुमा संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटी , मनकुमार गौतम र अमृतलाल राजवंशी रहनुभएको छ । पाँचौं संविधान दिवसको अवसरमा नगरपालिकाले आज विहान आयोजित समारोहकाबीच उहाँहरुलाई सम्मान गरेको हो ।
यसैबीच संविधान दिवसमा बिर्तामोड नगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो । बिर्तामोडस्थित मुक्ति चौकबाट निकालिएको ¥यालीमा बिर्तामोड बजार परिक्रमा गरिएको थियो । ¥यालीमा नगरभित्र रहेका सामाजिक संघ, संस्था, शैक्षिक संघ संस्था, बैंक तथा वित्तिय संस्थाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here