संविधान दिवसमा सरसफाइ र खुत्रुके वितरण

0
817

लक्ष्मीपुर
संविधान दिवसको अवसरमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्र तथा कनकाई नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा सरसफाई तथा खुत्रुके वितरण कार्यक्रम भएको छ ।
कनपा–८ का विभिन्न सामाजिक संघ÷संगठनको सहभागितामा शुक्रवार लक्ष्मीपुर चोकमा सरसफाई साथै सहारा नेपालका बचतकर्ताहरुका वालबालिकालाई खुत्रुके वितरण कार्यक्रम सम्मपन्न भएको हो ।


कार्यक्रममा सुन्दर लक्ष्मीपुर विकास समिति, हिमाली मावि, लक्ष्मीपुर बजार व्यवस्थापन, जेष्ठ नागरिक नगर समिति, लक्ष्मीनरायण मन्दिर समिति, नवदुर्गा मन्दिर समिति, शिव पञ्चायन मन्दिर समिति, गणेश्वर मन्दिर समिति, मोरल एजुकेशन फाउण्डेशन, छहारी कृषि सहकारी, सूर्योदय महिला बालबालिका सेवा समाज, शुभलाभ महिला बचत तथा समुह, लक्ष्मीपुर बचत समुह, उद्योग बाणिज्य संघलगायत संघ÷संगठनको सहभागिता रहेको थियो ।
कार्यक्रममा कनपा –८ का अध्यक्ष प्रेम कटुवाल, कार्यपालिका सदस्य सुनिता सिग्देल, सहारा साकोष लक्ष्मीपुर सेवा केन्द्रका सहयोग समिति संयोजक तथा सहिद पिता केदार शम्सेर गिरी, सेवा केन्द्रका १ नं. इकाई समितिका संयोजक तेजकुमार गिरी, मोरल एजुकेशनका सञ्चालक वीरबहादुर चौहान, सहारा नेपालका कार्यक्रम संयोजक लीला शिवाकोटीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सहारा नेपाल साकोष लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले गरेका थिए । त्यसैगरी सहारा नेपाल साकोसले बचतकर्ताका ४९ जना बालबालिकालाई खुत्रुके वितरण कार्यक्रम समेत गर्ने प्रमुख भारतीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here