मेचीनगर । 
विगत वर्ष झै यस वर्षपनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती झापाको मेचीनगरमा भव्य र सभ्यरुपमा मनाउने निर्णय भएको छ ।
हरेक वर्ष मेचीनगर ६ स्थित देवकोटा पार्कमा महाकवि लक्ष्मीप्रसादको जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइदैं आएको छ । यसैको निरन्तरता स्वरुप देवकोटा पार्क व्यवस्थापन समितिको सम्पन्न पूर्ण वैठकले यो वर्ष पनि साहित्यिकसहित अन्य कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष गणेशकुमार खरेलको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय समाजसेवी बालकृष्ण थापाको अध्यक्षतामा सात सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।
समितिको सचिवमा निरबहादुर कार्की नेत्र तथा सदस्यहरुमा दिपेश दाहाल, राजकुमार पराजुली, सरोज श्रेष्ठ अर्जुन लम्सालरहेका छन् । बैठकले सो समितिका लागि सरोज श्रेष्ठ, विष्णुकुमार गौतम, अर्जुन लम्साल र अर्जुन राईलाई आमन्त्रित सदस्यमा राखेको छ ।

व्यवस्थापन र मुल आयोजक समितिको पहलमा चौथो संविधान दिवसको अवसरमा देवकोटा पार्क सरसफाई गर्नुका साथै पाक प्रवेशद्वारमा दुवैतर्फ नेपालको राष्ट्रिय झण्डा राख्नुका साथै, दीप प्रज्वलनको कार्यक्रम समेत गरेको छ ।



























