बिर्तामोडमा ‘टीभीएस ह्वील बिट्स कन्सर्ट’

0
1121

बिर्तामोड।

नेपालको लागि टीभीएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले टीभीएस ह्वील बिट्स कन्सर्ट झापाको बिर्तामोडमा सम्पन्न गरेको छ ।

नेपालीहरुको महानपर्व बडा दशैँ तथा दीपावलीलाई लक्षित गरेर टीभीएस दशैंको दौड स्किम अन्तर्गत मुख्य–मुख्य शहरमा कन्सर्ट गर्ने कार्यक्रम अनुसार झापाको बिर्तामोडमा टीभीएस ह्वील बिट्स कन्सर्ट गरिएको हो । टीभीएस ह्विली बिट्स कार्यक्रम अन्तर्गत स्टन्ट शो र विभिन्न सांस्कृतिक कार्यक्रम गरिनुका साथै टीभीएसका दुई नयाँ बाइक आरटीआर १६० २ भी र रेडिअन ११० लञ्च गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय बाइक राइडरहरु सन्दीप क्षेत्री, प्रकाश अधिकारी, भीम होना र गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका भने चर्चित हाँस्य कलाकार, श्रीकृष्ण लुइँटेलले गीत र दिनेश काफ्लेले क्यारिकेचर गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए । त्यसैगरी, रितेश मगर, प्रशान्त तामाङ, उषा तामाङ र निशा पौडेल लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

नेपालीहरुको महानपर्व बडा दशैँ तथा दीपावलीलाई लक्षित गरेर टीभीएस दशैंको दौड स्किम अन्तर्गत जनकपुरबाट टीभीएस ह्वील बिट्स कन्सर्ट शुरु गरिएको र इटहरी, विराटनगर, बिर्तामोड, दमक, इलाम, लाहान, हेटौडा, नारायणघाट, बुटवल, पाल्पा, नेपालगञ्ज र धनगढीमा जगदम्बा मोटर्सले पोडक्ट प्रोमोसनका लागि टिभिएस ह्विली बिट्स कन्सर्ट गर्ने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

त्यस्तै उनले जगदम्बा मोटर्स प्रालिले टीभीएस दशैंको दौड प्रारम्भ गरेको र जो कोहीले पनि टीभीएस शोरुममा नगइकनै वा टीभीएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सक्ने बताए ।

यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट लग अन गरि त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नुपर्ने बताउँदै उनले यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै पाँच हजारदेखि एक लाखसम्म नगद जित्न सकिने र यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टीभीएस शोरुमबाट टीभीएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्ने उनले बताए । उनले शनिबार देशभरका विभिन्न स्थानमा टीभीएसको स्किम दशैंको दौड अन्तर्गत स्वास्थ्यका लागि रमाइलो दौड कार्यक्रम आयोजना गरिने समेत बताए ।

त्यस्तै, कार्यक्रममा हालै नेपाली बजारमा भित्रिएका दुई नयाँ बाइक आरटिआर १६० २ भी र रेडीएन ११० को लञ्च गरिएको थियो । बाइक लञ्च प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए । उनले यस्तो कार्यक्रमले दर्शकलाई मनोरञ्जन मात्रै नदिएर कला–संस्कृतिको जगेर्ना गर्ने बताए ।

पाथीभरा अटोलिंकका सञ्चालक याम कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पाथीभरा अटोलिंकका सञ्चालक कार्कीले यस्ता सांस्कृतिक कार्यक्रम तथा स्टण्ट शोले समाजमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने बताए । उनले टीभीएसका नयाँ बाइक विर्तामोडमा समेत लञ्च गरिएको र यी बाइक चढेर सेवा प्रदान गर्ने मौका दिन अनुरोध गरे । कार्यक्रमको सञ्चालन हाँस्य कलाकार दिनेश काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here