‘प्रवल जनसेवा श्री पदक’ घोषित भएपछि नायिका श्वेता खड्काले लेखिन् यस्तो भाबुक स्टाटस

0
1163

काठमाडौँ,

नायिका श्वेता खड्कालाई ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित घोषित भएकी छन् ।संविधान दिवसको अवसरमा नायिका श्वेता खड्कालाई ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित घोषित गरिएको छ ।

राष्ट्रपतिको हातबाट हस्तान्तरण गरिने पदक हासिल घोषित हुदा नायिका खड्काले आफु भित्र एउटा बेग्लै खुशीको रक्तसंचार भईरहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै खुशी व्यक्त गरेकी हुन् ।उनले आगामी दिनमा राष्ट्रको उन्नति प्रगतिमा निरन्तर साथ दिने प्रण समेत गरेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

यस्तो छ उनको स्टाटस :
‘दाम भन्दा नाम ठुलो अनी नाम भन्दा कामनै ठुलो’
सम्माननिय राष्ट्रपति ज्युबाट २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित हुनेमा मेरो नाम समेत समावेश भएकोमा यतिखेर म भित्र एउटा बेग्लै खुशीको रक्तसंचार भईरहेको छ । खुशी त एकातिर छँदैछ तर त्यो भन्दा पनि मैले आगामी दिनमा निर्वाह गर्नु पर्ने कर्तव्य, जिम्मेवारी र भूमिका भने अझै थपिएको महसुस गरिरहेकी छु । जहाँसम्म जिम्मेवारीको सवाल छ, म आफुले बोकेको जिम्मेवारीको भारीलाई बिचमै बिसाएर आराम गर्ने वा त्यो भारीलाई फालेर बाटो मोड्ने मध्येहरु पर्दिनँ ।

म, आँफैले आँफैलाई अलिक घमण्डी र हठी स्वभावको रुपमा चिनेकी छु । आफुले लिएको लक्ष्यअनुरुप सफलताको केन्द्रबिन्दुमा नपुगेसम्म म कुनै यात्रालाई अँधुरो छोड्दिन , यो मेरो स्वाभाव हो । अतः मलाई ‘प्रवल जनसेवा श्री’ पदकको लायक सम्झि दिएकोमा म नेपाल सरकार प्रति हार्दिक कृतज्ञ छु । त्यस्तै मलाई यो सम्मानको लायक बनाइदिने मेरा आदरणीय व्यक्तित्वहरु, सहकर्मी मित्रहरु, शुभचिन्तकहरु, संचारकर्मीवर्ग, दर्शकदिर्घा लगायत निर्माणाधिन माझी बस्तिका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु प्रती म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

जीवनको अन्तिम श्वाससम्म समाज र राष्ट्रको प्रगति, उन्नति र विकासका निमित्त निरन्तर लागि पर्ने प्रणका साथ तपाईंहरु सम्पूर्णले मेरो हातमा हात र काँधमा काँध मिलाई अटुट साथ दिनुनै हुनेछ भन्ने आशा र विश्वाश लिएको छु । जय देश !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here