झापामा नयाँ शक्ति समायोजन भएको छैन

0
842

बिर्तामोड ।

नयाँ शक्ति पार्टी नेपाल झापाले नयाँ शक्ति पार्टी झापा र संघीय समाजवादी फोरम झापाबीच समायोजन नभएको जनाएको छ । पार्टीले बिर्तामोडमा पत्रकार सम्मेलन गरी झापामा दुवै पार्टीको समायोजन नभएको जनाएको हो ।

पार्टीका केन्द्रीय सदस्य , जिल्लाका उपाध्यक्षसहित बहुमत सदस्य समायोजनको विपक्षमा रहँदा रहँदै पार्टीका जिल्ल्ला अध्यक्ष र सचिवसहित केही सदस्य पार्टी समायोजनमा गएर गरेको समायोजन अवैधानिक भएकोले आफूहरु त्यसलाई नमान्ने पार्टीका कार्यवाहक अध्यक्ष उदय गुरुङले बताए ।

बिर्तामोडमा मंगलबार गरिएको नयाँ शक्ति पार्टी झापा र संघीय समाजवादी फोरम झापाबीचको समायोजन पार्टीको समायोजन नभएर व्यक्तिको समायोजन भएको बताउँदै कार्यवाहक अध्यक्ष गुरुङले भने– ‘७३ जना जिल्ला सदस्य भएको पार्टीका ९ जनाको पार्टी समायोजन हुँदैन ।’

बिर्तामोडमा मंगलबार गरिएको पार्टी समायोजनको कार्यक्रममा उपस्थित रहेका भनिएका नयाँ शक्ति पार्टी नेपाल झापाका अध्यक्ष वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौडेललाई पार्टीको १ नं प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको र पार्टीले कारवाही गरिएका व्यक्तिले गरेको पार्टी समायोजन अवैधानिक भएको कार्यवाहक अध्यक्ष गुरुङले बताए ।

उनले जिल्ला कमिटीका सबै पदाधिकारी–सदस्यहरुको सहमतिमा उपयुक्त समयमा नयाँ शक्ति पार्टी झापा र संघीय समाजवादी फोरम झापाबीच समायोजन हुने बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी झापाका उपाध्यक्ष भीमराज राई, संघीय समाजवादी फोरमकी केन्द्रीय सदस्य देवकला प्रसाई , संघीय समाजवादी फोरमकी महिला विभागकी केन्द्रीय सदस्य पनिता ढकालले केन्द्रमा ६ महिनाअघि नै दुवै पार्टीबीच समायोजन भएर समाजवादी पार्टी गठन भइसकेपनि झापामा पार्टी समायोजन नभएको बताएका थिए । कार्यक्रमको सञ्चालन प्रदेश सदस्य अम्बिकाप्रसाद फुयालले गरेको प्रदेश सदस्य गोकुल हुमागाईँले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here