गोर्खाको ब्राण्ड एम्वेस्टरमा पुडासैनी र खरेल

0
628

 

झापा,
झापाको बिर्तामोडमा रहेको गोर्खा टेलरिङ्ग प्रा.लि.ले आफ्नो उत्पादनलाई ब्यवसायीक बनाउदैं जिल्लामै पहिलो पटक ब्राण्ड एम्बेस्टर चयन गरेको छ ।

नेपाली राष्ट्रिय पोशाकलाई प्रवद्र्धन गर्न टेलरिङ्गले ब्राण्ड एम्बेस्टर चयन गरेको प्रालिका प्रबन्ध निर्देशक वीरबहादुर दर्नालले जानकारी दिए । ड्रिम्स् वर्ड ईन्टरटेनमेन्ट प्रालिका सञ्चालकद्धय प्रणित पुडासैनी र सरोज खरेललाई गोर्खा टेलरिङ्गले एक वर्षका लागि ब्राण्ड एम्बेस्टर चयन गरेकोहो ।

बुधबार बिर्तामोडमा भएको एक कार्यक्रमका बीच दुवै कम्पनी बीच सम्झौता भएको छ । सञ्चालनको छोटो अवधिमै सबैको मन जित्न सकेको गोर्खा टेलरिङ्गले विशेष गरेर राष्ट्रिय पोशकको संरक्षणमा लागेको छ । आफ्नो ब्यवसायलाई थप मजबुद र ब्यापक बनाउने उद्धेश्यले फेशन कोरियोग्राफरको रुपमा चर्चामा रहेका पुडासैनी र खरेल छनोट गरेको दर्नालको भनाई छ ।

झापामा नै ब्यवसाय सञ्चालनमा रहेको र आफ्नो ब्यवासय प्रर्वद्धन गर्न झापाली युवालाई नै ब्राण्ड एम्बेस्टरको रुपमा चयन गर्न पाएको भन्दै दर्नालले खुशी ब्यक्त गरे । गोर्खा टेलरिङ्गले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वप्रधान सेनापति रुकमाङ्गत कटवाल लगायत विशिष्ट ब्यक्तिहरुलाई सेवा प्रदान गरेको बताइएको छ ।

गोर्खा टेलरिङ्गका प्रबन्ध निर्देशक दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, सन्तोष अग्रवाल, किशोर बस्नेत, देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले ब्यवसायीका क्षेत्रमा दर्नालले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here