बिर्तामोड। 
मातृभूमि भलाई एण्ड इन्भेष्टमेन्ट प्रालि बिर्तामोडको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुलप्रसाद ओडारीको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सञ्चालक सदस्य राजेन्द्रकुमार बस्नेतले स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्यहरु राजेन्द्र रिजाल, नरहरी चापागाईं, यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख गोपीचन्द्र बोहोरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी, किचकबध यातायात प्रालिका अध्यक्ष काशीनाथ घिमिरे, अर्जुनधारा यातायात प्रालिका अध्यक्ष गोपाल घिमिरे, प्रभु इन्स्योरेन्सका चन्द्र अधिकारी, बीएण्डसी हस्पिटलका विनोद रिसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा भावी कार्यक्रमसहितको प्रतिवेदन संस्थाका अध्यक्ष ओडारी, लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक यादवकुमार ओली, आर्थिक वर्ष २०७६÷०७७ को बजेटसहितको आर्थिक प्रतिवेदन बजेट मस्यौदा समितिका संयोजक टंकप्रसाद दवाडी र दुर्घटना उपसमितिको प्रतिवेदन दुर्घटना समितिका संयोजक गंगा सिटौलाले प्रस्तुत गरेका थिए ।
सवारी दुर्घटनाबाट उत्पन्न हुने जनधनको दायित्व वहन गर्ने एकमात्र भरपर्दो संस्थाको रुपमा गत चैत २८ गते संस्थाको स्थापना गरिएको र संस्थाले सवारी दुर्घटनामा घाइते भएका व्यक्तिहरुको अस्पतालको सल्लाह अनुसार औषधोपचारको व्यवस्था गर्ने, सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको किरिया खर्च र क्षतिपूर्ति उपलब्ध गराइने, सवारी दुर्घटनाबाट क्षति हुन गएको सवारीको बिमालेखको परिधिभित्र रहेर मर्मत सम्भार गर्ने, सवारी दुर्घटनासँग सम्बन्धित सवै प्रकारका कानूनी परामर्श, सल्लाह र सहयोग प्रदान गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको अधिकृत पुँजी दुई करोड रुपैयाँ र चुक्ता पुँजी ५८ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ । हाल संस्थामा साना–ठूला गरी छ सय वटा सवारीसाधन आबद्ध भएको बताइएको छ । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा दुई करोड ६६ लाख ५० हजार रुपैयाँको वार्षिक बजेट विनियोजन गरेको बजेट मस्यौदा समितिका संयोजक दवाडीले बताए । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्ध निर्देशक टंकप्रसाद दवाडीले गरेका थिए ।






























