बिर्तामोड,
तपाईले मनपराएको बस्तु कसैलाई उपहार दिँदै हुनुहुन्छ भने उसलाई मन नपर्न पनि सक्छ । तर, स्वयम उपहार पाउनेलाई नै रोज्न लगाएर उपहार दिनुको महत्व नै बेग्लै हुन्छ । विभिन्न उत्सव, सभा समारोह, चार्डपर्व, जन्मदिन, विवाह लगायतमा खुशी साटासाटका लागि एक आपसमा उपहार आदन – प्रदान गर्ने गरिन्छ भने कसैलाई सहयोग स्वरुप पनि विभिन्न खाले उपहार दिने गरिन्छ । तर, त्यो उपहार जसलाई दिइन्छ उसलाई मन नर्पन पनि सक्छ भन्दै बिर्तामोडमा रहेको मारवाडी युवा मञ्चले रोजेरै उपहार प्रदान गरेको छ । 
अर्जुनधारा नगरपालिकास्थित कप्तानबाडीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका १० जना वालवालिकालाई रोजेकै उपहार दिदा उनीहरु खुशी मात्र भएनन् हर्षले विभोर समेत भए । नहुन पनि किन उनीहरुलाई सबैले आफू अनुकुलका उपहार प्रदान गर्दै आएका थिए । जस्तो उपहार दिएपनि उनीहरु चुपचार मन परे नपरे पनि लिन बाध्य हुन्थे । तर, मारवाडी युवा मञ्चले उनीहरुलाई विजया दशमीको अवसर पारेर उनीहरुकै रोजाइमा वजारमै ल्याएर कपडा , जुत्ता , खाजा, फलफूल,खाद्यान्न आदि वितरण गर्दा उनीहरु निक्कै खुशी देखिए ।

मारवाडी युवा मञ्च बिर्तामोडले जिल्लामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । आँखामा हजार सपना भएपनि उनीहरु शारीरिक अशत्तताका कारण निश्चित कोठामा सीमित हुन परेको थियो । तर, उनीहरुलाई बिर्तामोडमा ल्याएर उनीहरुका रुची अनुसार खेलाउँदै , मिठा मिठा परिकार दिएर उनीहरुकै रोजाइमा उपहार प्रदान गर्दा शारीरिक अशत्तता भएका वालवालिका दंग परेका थिए ।

केन्द्रका बालबालिकालाई कलकक्ता मिष्ठान्न भण्डारमा खाजा , गहना साडी सेन्टर प्रसाई मार्केटका हनुमान मित्तलले स्वेच्छिक कपडा , शिवशक्ति इन्टरनेसनलका सुनिल अग्रवालले जुत्ता , फलफूल र खाद्यान्न वितरण गरेका थिए । राहुल शर्मा अग्रवाल र कौषल अग्रवालले समेत उनीहरुलाई लत्ता कपठा, मिठाई सहित खाद्यन्य वितरण गरेको मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष दिपक मित्तलले जानकारी दिए ।

क्यु एफ एक्स महलमा रहेको भि.आर केडका शरद जोशीले सम्पूर्ण बालबालिकालाई निशुल्क रुपमा गेम खेलाउँदा वालवालिका निक्कै खुशी देखिएका थिए । मारवाडी युवा मञ्चका वरिष्ठ उपाध्यक्ष पंकज मित्तलको संयोजकत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा मारवाडी युवा मञ्चका प्रविण अग्रवाल, उपाध्यक्ष टेकेन्द्र अग्रवालले यस खाले कार्यक्रम मारवाडी युवा मञ्चले निरन्तर गर्दै जाने बताएका छन् । यस अघि पनि मारवाडी युवा मञ्चले गत वर्ष वाह्रदशी गाउँपालिकामा विपन्न परिवारलाई लत्ताकपडा वितरण गरेको थियो ।































