बिर्तामोड।

पत्रकार अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रशारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवम् नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको विहीवार बसेको आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा समाचार प्रकाशन तथा प्रशारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं– युनियनका अध्यक्ष वद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महशुस गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उनको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छाैं ।
कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपूर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो ।
यसतर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ– बिज्ञप्तिमा भनिएको छ ।































