नवरात्रिको छैटौँ दिन कात्यायनी माताको पूजा

0
1379

काठमाडौं,

बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ। शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ।

घटस्थापनादेखि नवमीका दिनसम्म हरेक दिन दुर्गा भवानीका ९ रुपको पूजा गर्ने प्रचलन छ। आज पनि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here